काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि हालतमा आफू र आफ्नो पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् ।
आज बसेको संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो कुरा बताएका हुन् ।
नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया