‘एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ’

लोकपथ
5.4k
Shares
sf7df8f}F, !) h]7 M k|ltlglw;efsf] k’gM:yfkgfsf nflu ;f]daf/ ;jf]{Rr cbfntdf l/6bfo/ u/L kmsg]{ qmddf g]kfnL sfFu|];sf g]tf uug yfkf ;~rf/sdL{x?;Fu s’/f ub}{ . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना (एसमीसी) संसदमा पास हुनेमा ढुक्क रहेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दैै सांसद थापाले सत्तारुढ गठबन्धनका दलहरुले डबल स्ट्यान्डर्ड छाड्नुपर्ने बताएका हुन् ।

एमसीसीको विरोध गरिरहेका प्रमुख प्रतिपक्षी दल एमालेका नेता डा. भीम रावलले एमसीसी राष्ट्रघाती भन्ने हो भने केपी शर्मा ओली मुर्दावाद भन्नुपर्ने भन्दै टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उक्त सम्झौता संसदबाट अनुमोदन गर्ने भन्ने प्रावधान राखेको बताउँदै त्यस्तो टिप्पणी गरेका हुन् ।

‘यो प्रस्ताव राष्ट्रघाती हो भने भीम रावलले केपी शर्मा ओली मुर्दावाद भनेर नारा लगाउनुपर्छ । माओवादीका साथीहरुले एमसीसी राष्ट्रघाती सम्झौता राष्ट्रघाती भन्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड मुर्दावाद भन्नुपर्छ ।’

त्यस्तै सरकारमा सामेल दलहरुले सरकारमा बसेर सरकारले ल्याएको विधेयकमा विरोध गरेकोप्रति आपत्ति जनाउँदै त्यस्तो छाड्नुपर्ने बताए ।

‘सरकारमा बस्ने र सरकारको कुराले ल्याउन लागेको विधेयकलाई विरोध गर्ने काम छाड्नुपर्छ ।’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?