काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले संसदमा प्रमुख प्रतिपक्षी दलले विरोध गरिरहँदा कुनै पनि विधेयक पेस गर्न नहुने बताएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजना गर्न नहुने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद विरोध गर्दै आइरहेको छ ।
सोही क्रममा बोल्दै नेता रावलले प्रश्न गरे, ‘प्रतिपक्षी दल विरोध गरिरहँदा एमसीसी कसरी टेबल हुनसक्छ ?’
आजको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग प्रतिवेदन (एमसीसी) टेबल गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया