प्रतिनिधिसभाको कार्यसूचीमा पर्यो एमसीसी (पत्रसहित)

लोकपथ
63
Shares

काठमाडौं । आजको प्रतिनिधिसभाको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) परेको छ ।

आज बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीलाई कार्यसूचीमा राख्ने निर्णय गरेको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी कार्यसूचीको तेस्रो नम्बरमा एमसीसी सम्झौता प्रस्तुत हुने बताइएको छ ।

‘मा. अर्थमन्त्री श्री जनार्दन शर्माले ‘‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता प्रस्तुत गर्नुहुने।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै त्यसअघि लोकसेवा आयोग विधेयक २०७५ र राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव.२०७७÷०७८ पेश गर्ने कार्यसूची राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?