माओवादीले एमसीसीमा असहमति रहेको भन्दै पठायो संसदलाई पत्र

लोकपथ
903
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहितका नेताहरुले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा आपत्ति जनाएका छन् ।

सत्तारुढ गठबन्धनको आज बसेको बैठकले एमसीसी संसदमा टेबल गर्न सहमति गर्ने निर्णय गरेको छ । यद्यपी सत्तारुढ दलमा प्रमुख सचेतक गुरुङसहित सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले आफूहरु एमसीसीको विपक्षीमा रहेको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् ।

संसद सचिवालयलाई पत्र लेख्दै एमसीसीमा उल्लेख भएका कतिपय बुँदाहरु संशोधन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

‘यो अनुदान सम्झौतामा उल्लेखित कतिपय बुँदाहरुमा हाम्रो असहमति र आपत्ति रहँदै आएको छ । यस सम्झौतालाई अगाडी बढाउन राष्ट्रिय सहमति कायम हुनुपर्ने, कतिपय बुँदाहरु परिमार्जन हुनुपर्ने र संसोधन हुनुपर्ने र संसद सुचारु हुनुपर्दछ ।’ पत्रमा भनिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?