बेर्इजिङ : चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री के.पी. शर्मा अोलीलार्इ चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालको विकास यात्रामा चीन साझेदार बन्न तयार रहेको अाश्वासन दिएका छन् । 'कतै नरोकिर्इ सुलुलु चल्ने चुच्चे रेल' को सपना देखार्इरहेका अोलीलार्इ सि ले चिनियाँ रेल चाँडै नै काठमाडाैं पुग्ने पनि बतार्इदिएका छन् ।
मंगलबारदेखि जम्बो टोली लिएर चीन भ्रमणमा अाएका अोलीले बुधबार 'दि ग्रेट हल अफ द पिपुल' मा चिनियाँ राष्ट्रपतिसँग भेट गरे । भेटमा अाफूले नेपालको प्राथमिकतामा पूर्वाधार विकास रहेकोले यसअनुसार चीनले रेल्वे र उत्तर-दक्षिण सडक निर्माण र बन्द रहेका तातोपानीलगायतका नाका खोलिदिन माग गरेको अोलीले भेटवार्तापछि जानकारी दिएका छन् ।
अाज (बिहिबार) चिनियाँ रेलमार्ग नेपालसम्म ल्याउनेबारे नेपाल र चीनबीच सम्झाैता हुँदैछ । तर यो सम्झाैता पूर्वसम्भाव्यता अध्ययनका लागि मात्रै हुनेछ । पूर्वसम्भाव्यता अध्ययनपछि सम्भाव्यताका अाधारमा मात्रै साढे एक बर्षमा विस्तृत अायोजना प्रतिवेदन तयार गर्ने र त्यसपछिका ५ बर्षमा रेलमार्ग निर्माण गरिसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
नेपालले चीनसँग पुरै रेलमार्ग अनुदानमा बनार्इदिन अाग्रह गरिरहेको छ । तर चिनियाँ पक्षले केही शर्त राखेको र त्यस्ता शर्त मान्दा त्यसले क्षेत्रीय रणनीतिक सन्तुलनमा समेत असर पर्ने देखिएको परराष्ट्र स्रोतले बतायो । पूर्ण अनुदानमा रेलमार्ग बनाउनेबारे चिनियाँ शर्त अाएपछि सरकारले अांशिक अनुदान र ऋण माग्ने तयार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया