गठबन्धनको निर्णयमा झलनाथ खनालको आपत्ति, भने– ‘विदेशीको दबाबमा पार्टीहरु झुके’

लोकपथ
234
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले संविधान विपरित गठबन्धनले एमसीसी टेबल गर्ने निर्णय गरेको समेत आरोप लगाए ।

‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेबल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भने । शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले बताए ।

‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भने ।

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?