बागमती प्रदेश विकास बैंक फोरमको गठन, संयोजकमा रमेश रिजाल

लोकपथ
182
Shares

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिियसनको बागमती प्रदेश च्याप्टर अन्तर्गत बागमती प्रदेश विकास बैंक फोरमको गठन भएको छ ।

विकास बैंकका बागमती प्रदेश प्रमुखहरुको उपस्थ्तिीमा समपन्न भएको उक्त भेलाले गरिमा विकास बैंकका काठमाडौं क्लस्टर प्रमुख रमेश रिजाललाई संयोजक र मुक्तिनाथ विकास बैंकका काठमान्डौ कलस्टर प्रमुख ज्योति प्रकाश अर्याललाई सहसंयोजकमा सर्वसम्मत चयन गरेको छ ।

उक्त बागमती प्रदेश विकास बैंक फोरमको सदस्यमा ज्योति विकास बैंकका दिलिप राज बराल, कामना सेवा विकास बैंकका नितेश अर्याल, लुम्बिनी विकास बैंकका बिनिता माथेमा, महालक्ष्मी विकास बैंकका प्रकाश घिमिरे, नारायणी डेभलपमेन्ट बैंकका भानु भक्त रिमाल, सांग्रिला डेभलपमेन्ट बैंकका दिपेन्द्र सुवेदी, सिन्धु विकास बैंकका प्रमोद न्यौपाने र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सन्तोष राज ज्ञावाली रहेका छन् ।

नवनिर्वाचित संयोजक रमेश रिजालले बागमती प्रदेश भित्र रहेका सम्पुर्ण विकास बैंकका साझा व्यवसायीक समस्या र चुनौतिलाई संस्थागत रुपमा सम्बोधन गर्न नेपाल राष्ट्र बैंक, डेभलपमेण्ट वैंकर्स एसोसियन तथा अन्य नियमन्नकारी निकायहरुमा समन्वय गरिनुका साथै आगामी दिनहरुमा विकास बैंकहरुलाई थप बलियो र सबल बनाई अघि बढने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?