कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

लोकपथ
98
Shares

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज (आइतबार) बिहान ११ः३० बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकले आजको प्रनिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल हुने तयारी रहेको छ । सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा एमसीसी संसदमा टेबल हुन सकेको थिएन । यसअघिका बैठकहरुमा पनि एमसीसी संसदमा टेबल हुने भनिए पनि सत्तारुढ दलहरुकै विभिन्न अडानपछि एमसीसी पेस हुने सकेको थिएन । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एमसीसीबारे अन्तिम निर्णय दिनका लागि बैठक बसेको छ ।

गठबन्धनको बैठकले एमसीसीबारे अन्तिम निर्णय गरेसँगै आजको बैठकमा एमसीसी टेबल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?