एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनकाे बैठक बस्यो

लोकपथ
280
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा निर्णायक वार्ताका लागि सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैकठ सुरु भएको एक नेताले लोकपथलाई जानकारी दिए ।

संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।

यसअघि निरन्तर बैठक बसे पनि निष्कर्ष निस्किएको थिएन । शनिबार सत्तारुढ दलका असन्तुष्ट पक्षले एमसीसी संसदमा टेबल गर्न माग सहयोग गर्ने निर्णय गरेको थियो ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठब बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?