नेकोसद्वारा खेलाडीहरु नगदसहित सम्मानित

लोकपथ
126
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले विभिन्न खेलका खेलाडीलाई शनिबार सम्मान गरेको छ । ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबल खेलाडीलाई उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो ।

जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरियो । सोही अवसरमा खेल प्रेमीद्वारा संकिलत २० हजार नगद पनि प्रिन्सलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।

No description available.

बहराइनको मानामा भएको चौथो युथ एसियन पारा गेम्समा पदक जित्न सफल ३ पारा तेक्वान्दो खेलाडीसहित ५ सदस्यीय टोली पनि सम्मानित भए । स्वर्ण विजेता पलेशा गोबद्र्धनलाई १५ हजार, रजत विजेता सिर्जना घिसिङलाई १० हजार र कांस्य विजेता विशाल गर्बुजालाई ५ हजार नगदसहित सम्मान गरियो । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक नन्दा बस्याललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै बंगालादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीलाई सम्मान गरियो । १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई १ लाख रुपयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकोसका अध्यक्ष पर्शराम बस्नेत (कृष्ण) लगायतले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा तेक्वान्दोको प्रदर्शनी खेल प्रस्तुत गर्ने नेपाल टाइगरका टोलीलाई प्रोत्साहन स्वरुप राष्ट्रिय खेलकुद परिषद् एवं कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २० हजार प्रदान गरेका थिए

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?