तार्केश्वरका स्थानीयद्वारा फोहोर मैलाको गाडी तोडफोड

लोकपथ
7.6k
Shares

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित तिनपिप्लेका स्थानीयहरुले फोहोर मैलाको गाडी तोड फोडगरेका छन् । विकासको नाममा विनाश र बाटो बनाउने काम अलपत्र पारेको भन्दै स्थानीयहरु विगत एक हप्तादेखी आन्दोलनरत छन् ।

गैरजिम्मेवार सरोकार निकायहरुको विरोधमा स्थानीयहरुले काठमाडौं महानगरको फोहोर डम्पिङ र पासाङल्हामु राजमार्गमा चल्ने यातायात पूर्ण रुपले बन्द गरेको आज एक हप्ता पुगेको छ ।

बन्दको बेलामा फोहोरको गाडी राति चलाएको भन्दै स्थानीयहरुले फोहोर मैलाको गाडीलाई तोड फोड गरेको स्थानीय सुनिल तिवारीले जानकारी दिए ।

स्थानीयहरु पासाङल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान भन्दै सडकमा उत्रिएका छन् । साथै उनीहरुले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सडक नबनाए कुनै पनि प्रतिनिधिहरुलाई भोट नदिने भनै आक्रोश जनाएका छन् ।

‘नो रोड नो भोट’ भन्ने व्यानरसहित उनीहरु एक हप्तादेखी सडकमा छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?