काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी) को निर्णयको भोलिपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ ।
सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा सडक संघर्षमा उत्रिएको बेला बस्न लागेको गठबन्धनको बैठकलाई निर्णायक रुपमा हेरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्न लागेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संघीय संसदमा टेबल गर्ने कि नगर्ने निर्णय लिनेछन्।
अमेरिकन सहयोग एमसीसीका बारेमा निर्णय लिनका लागि यसअघि बोलाईएका दुईवटा बैठक अनिर्णित भए पछि गठबन्धनको सल्लाह अनुसार आज बैठक बोलाईएको हो । उक्त बैठक पछि एमसीसी कार्यसुचीमा प्रवेश गराउने कि नगराउने निर्णय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया