कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
28
Shares

हाल देशको मौसममा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली लागेको छ । साथै तराईका केही भूभागमा हुस्सु तथाकुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै भूभागको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ।
दिउँसो र राति नै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?