काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९६ जनाको परीक्षणमा थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा थप १ हजार २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपाल कूल संक्रमित मध्ये ९ लाख ५० हजार ५६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोराना संक्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९१७ पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया