एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने

लोकपथ
7.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने निर्णय गरेको छ ।

पार्टीको आज बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतलाई संसदमा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको पार्टीकी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्रले भने विरोध जनाएको छ ।

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?