विश्वकप छनोट : फिलिपिन्सलाई पराजित गरेसँगै नेपाल सेमिफाइनल नजिक

लोकपथ
2.6k
Shares

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले दोस्रो जित हात पारेको छ ।

फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्यो ।

फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११, कपिल कुमारले ४ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतक बनाए । नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।

कुशल मल्ल १२ रन बनाएर पाँचौ ओभरमा आउट भएका थिए । दीपेन्द्रले ४७ बलमा छ चौका र चार प्रहार गर्दै ८३ रन बनाए । कुशल भने नटआउट रहँदै ६१ बलमा १०४ रन बनाए । उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?