गीता छोएर खाएको कसम सम्झना छ त्यसैले राप्रपा फुटाइँन : कमल थापा

लोकपथ
3.2k
Shares

काठमाडौं । कमल थापाले औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा थापाले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् ।

राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि आफूले पार्टी नफुटाएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?