काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतक बनाए । नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।
कुशल मल्ल १२ रन बनाएर पाँचौ ओभरमा आउट भए । दीपेन्द्रले ४७ बलमा छ चौका र चार प्रहार गर्दै ८३ रन बनाए । कुशल भने नटआउट रहँदै ६१ बलमा १०४ रन बनाए । उनले १३ चौका र १ छक्का प्रहार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया