सुनसरी । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिक जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ ।
नम्बर खुल्न नसकेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।
प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ जनाको उद्धार गरेको छ ।
घाइते ६ जनाको जिल्ला अस्पताल र विराटनगर उपचारको लागि लगिएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको भएको कारण ट्रक पल्टिएको जनाएको छ ।
घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् ।
घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया