आउटफिटको खराब फिटिङका ​​कारण सन्नी लियोनीको हालत खराब (भिडियोसहित)

लोकपथ
1.4k
Shares

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी सधैं आफ्नो बोल्डनेसका कारण चर्चामा रहने गर्छिन् । यसका साथै उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् र आफ्नो व्यक्तिगत जीवनदेखि व्यावसायिक जीवनसँग सम्बन्धित कुराहरु सेयर गरिरहेकी हुन्छिन् ।

उनका हरेक पोस्टमा फ्यानले कडा कमेन्ट पनि गर्छन् । हालै सन्नी लियोनीले आफ्नो एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनी मेकअप रुममा देखिएकी छिन् । यस भिडियोमा सनी आफ्नो कपडाको फिटिङलाई लिएर निकै अप्ठ्यारो देखिएकी छिन् ।

सन्नी लियोनी मेकअप रुममा सुटिङको लागि तयारी गरिरहेकी छिन् र उनले चम्किलो सेतो मिक्स्ड सिल्भर कलरको पारम्परिक पोशाक लगाएकी छिन्। सनीको अवस्था नाजुक हुँदा टोलीका सदस्यहरूले उनको लुगालाई पिन लगाएर सुई र धागोले सिलाई गरेको देखिन्छ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?