एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु, एमसीसीबारे निर्णय लिइने

लोकपथ
247
Shares

काठमाडौं । एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

स्थायी कमिटी बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा सुरु भएको प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एमसीसी बारे एकीकृत समाजवादीले आज निर्णय लिनेछ ।

आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?