२००७ को जनक्रान्ति नेपाली राष्ट्रियता र सामाजिक आन्दोलनको जग : गगन थापा

लोकपथ
364
Shares

काठमाडौं । आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ वर्षे निरङ्‍कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएको थियो ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई नेपालले स्थापित र कार्यान्वयन गर्न गरिसकेको छ । अर्थात मुलुकमा गणतन्त्र स्थापना भइसकेको छ ।

प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २००७ को जनक्रान्ति केवल राजनीतिक मात्र नभइ नेपाली राष्ट्रियता र सामाजिक आन्दोलनको जग भएको बताएका छन् । उनले प्रजातन्त्र दिवसको शुभामना दिँदै आज जुन स्वतन्त्रता हामीले उपभोग गरेका छौं यो त्यही क्रान्ति र ति अग्रजका कारण संभव भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?