काठमाडौं । आगूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी अभियान चलाउँदै मनाउने भएको छ ।
गृह मन्त्रालयले बुधबारबाट ‘स्वस्थ, सबल र समृद्ध नपालको प्रतिबद्धताः लागूऔषध अपराधविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित देशभर अभियान थालिएको हो ।
हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।
अभियानको अवसरमा सरोकारवालाहरुसँग समन्वय गरी ७७ वटै जिल्ला प्रशासनलाई सचेतनामूलक कार्यक्रम गर्न गृहले निर्देशन दिएको छ ।
दिवसका अवसरमा कार्ययोजनासहित सचेतना अभियान, लागूऔषध नियन्त्रण सम्बन्धि नीति, ऐन, निर्देशिका तर्जुमा र परिमार्जन सम्बन्धमा छलफल, गाँजा र अफिम खेतीको फडानी, प्रभातफेरीसहित २६ वटा कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गृह मन्त्रालयले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया