१. आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध कायमै, आज हुने भनिएको एमसीसी टेबल हुन सकेन, अर्को बैठक फागुन ८ गते बस्ने ।
२. एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य नहुने अमेरिकाको भनाइ, आफूहरू वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको दाबी ।
३. नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मलाई धकेलियो, विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गरिएको केन्द्रको भनाइ ।
४. ३० राजनीतिक दलद्वारा निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र पेस, स्थानीय निर्वाचनमा चुनावचिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग ।
५. प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटमा पु¥याएको पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइ, नेतृत्व वा प्रणाली परिवर्तन गर्ने भन्नेबारेमा समीक्षा गर्नुपर्ने बेला आएको टिप्पणी ।
६. नेपालमा कोरोना संक्रमितको संख्या दैनिक ओरालो लाग्दै, शुक्रबार ४ सय ३७ जना संक्रमित थपिँदा २ हजार ४ सय ५४ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।
७. प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारद्वारा सर्वोच्चमा रिट दायर, प्रदेश सरकारको कार्यक्षेत्रमा रहेको अधिकारलाई सरकारले वञ्चित गर्न खोजेको आरोप ।
८. सरकारमा बसेर सरकारकै विरोधमा नलाग्न प्रचण्ड र माधवकुमार नेपाललाई कमल थापाको आग्रह, एमसीसीको विरुद्धमा भए खुलेर प्रतिवाद गर्न चुनौती ।
९. कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय, कोरोना नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि ऋण सहायता स्वीकार्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ ।
१०. एमसीसी संशोधनबिना संसदबाट पारित गर्न नदिने एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ, एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको टिप्पणी ।
११. हाइड्रोजन ऊर्जा उत्पादन गर्न गठित अध्ययन समितिद्वारा ऊर्जामन्त्री पम्फा भुसालसमक्ष प्रतिवेदन पेस, नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको मार्गचित्र बनाउन सुझाव ।
१२. इजलास बिहान ११ बजेबाटै बस्ने सर्वोच्च अदालतको फुलकोर्ट बैठकको निर्णय, न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजान काम गर्नुपर्नेमा जोड ।
१३. विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघ्यो, कोरोना संक्रमणबाट ५९ लाखले ज्यान गुमाए ।
१४. भारतको गुजरात राज्यको अहमदावाद सहरमा भएका शृंखलाबद्ध बम बिस्फोटका ३८ जना दोषीलाई मृत्युदण्ड, ११ जनालाई आजीवन कारावासको सजाय ।
१५. र, आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गतको पहिलो खेलमा नेपालको शानदार जित, घरेलु टोली ओमान ३९ रनले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया