गगन थापा भन्छन्- ‘हाम्रो बिचमा कुराकानी मिलेन भने गठबन्धन चल्दैन’

लोकपथ
602
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सत्तारुढ राजनीतिक दलहरुका बिचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताए ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकपछि बोल्दै सांसद थापाले कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने स्पष्ट पारे ।

नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनले बताए । उनले भने– ‘गठबन्धन हाम्रो बिचमा कुराकानी मिलेर बन्यो । हाम्रो बिचमा कुराकानी मिलिरहे गठबन्धन चलिराख्छ । हाम्रो बिचमा कुराकानी मिलेन भने गठबन्धन चल्दैन । कुराकानी मिलेन भने चल्दैन । कुराकानी पनि नमिल्ने गठबन्धन पनि चलिराख्छ भन्ने कुरा हुँदैन । हामी फरक– फरक राजनीतिक दलहरु हौँ । हामी फरक–फरक दलहरु भएको कारणले गर्दाखेरी हाम्रो बिचमा गठबन्धन हुनका लागि त केही कुराहरुमा कुराकानी मिल्नुपर्छ । न्यूनतम कुराहरुमा कुरा मिल्नुपर्छ । आजको दिनमा नेपाली कांग्रेस माधव नेपालको पालादेखि सुरु भएर आएको दसौँ वर्ष लागेर यहाँसम्म आइसकेपछाडी यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो । हामी सबैले यसमा काम गरिसक्यौँ । हामी सबैजना कहीँ न कहीँ यसमा संलग्न छौँ । अहिले सिंगो नेपालको विश्वसनीयतामाथि ह्रास आउँछ भन्नेकुरा गरिरहदै गर्दा एक ठाउँमा उभिन सक्दैनौँ यसमा भनेदेखि भने हामीले प्रष्ट भनेका छौँ टेबल गरौँ हामीहरु आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?