काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लागेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ९१ जनाको परीक्षण गर्दा २ सय ७५ जनाको पीसीआर र १ सय ६२ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी देशभर थप २ हजार ४ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४८ हजार ७ सय ८४ पुगेको छ ।
त्यसैगरी हाल नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ९ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ३५ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया