काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्धमा विरोध प्रदर्शनहरु भइरहेका छन् ।
अमेरिकाले एमसीसी मार्फत नेपालमा शैन्य रणनीति लागू गर्न लागेको भन्दै काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा विरोध प्रदर्शनहरु भइरहेको हो ।
सो क्रममा नेपालस्थित अमेरिकी राजदूतावासले एमसीसीका विषयमा हिंसा या हिंसा भड्काउने किसिमका विचारहरु स्वीकार्य नभएको बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले हरेक कुरामा स्वतन्त्रपूर्वक आफ्नो तर्क राख्न पाउने शान्तिपूर्वक आफ्नो धारणा राख्न समेत आग्रह गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, ःऋऋ को बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया