विशेष कारण देखाउँदै माओवादी केन्द्रका बैठक फागुन २० गतेसम्म सर्‍यो

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गतेसम्मका लागि स्थगित भएको छ ।

फागुन ८ र ९ गते बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै फागुन २० गतेसम्मका लागि स्थगित गरिएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले त्यसबारे जानकारी दिँदै कार्यक्रमसहित छिट्टै परिपत्र गर्ने जानकारी दिएका छन् ।

‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको छ । साथै केन्द्रीय कार्यालयले कार्यक्रम सहितको परिपत्र छिट्टै पठाउने छ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?