काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।
आजको बैठकमा एमसीसी टेबल गर्ने भन्ने तयारी रहेको थियो । यद्यपी सरकारमा सामेल सत्ता गठबन्धनका दलहरुबीच सहमति हुन नसक्दा कार्यसूची तय हुने सकेको छैन ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन ८ गते आइतबार दिनको १ बजे बस्ने सभामुख सापकोटाले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया