काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा अहिले संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा जारी बैठकमा संसदको गतिरोध हटाउनेसहित अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा समेत छलफल भएको छ ।
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएको छ । यद्यपी सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नहुने संकेत देखिएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी छैन । सभामुख सापकोटाविरुद्ध नाराबाजी गर्दै संसद अवरोध गरिरहेको एमालेले यसअघि बुधबारको बैठकमा पनि अनुपस्थिती जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया