हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
312
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ८८ पैसा र बिक्री दर १२० रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ २६ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ११ पैसा र बिक्री दर १३० रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ९४ रुपैयाँ ८२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?