बहसमा एमसीसी : गठबन्धन बैठक निष्कर्षविहीन

लोकपथ
532
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफलका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन बनेपछि अर्को बैठक पुनः फागुन ८ गते आइतबार बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकार रमेश मल्लले जानकारी दिए ।

‘गठबन्धनको अर्को बैठक २०७८ फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आजको बैठक सकिएको छ’, उनले भने ।

आज बस्ने प्रनितिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी रहेको बेला आज सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।

यसअघि बिहीबार साँझ पनि नेताहरु छलफलमा जुटे पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।

सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?