एमसीसीबारे सहमति जुटाउन आज पनि बस्यो सत्तारुढ गठबन्धनको बैठक

लोकपथ
56
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख दलहरु छलफलमा जुटेका हुन् ।

आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी रहेको छ ।
यसअघि बिहीबार पनि सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बिहीबारको बैठकले कुनै निष्कर्ष दिन नसकेपछि आज पुन बैठक बसेको हो । बुधबारको बैठकमा एमसीसी टेबल गर्ने कार्यसूची रहेपनि दलहरुबीच सहमति हुन नसकेपछि कार्यसूचीबाट एमसीसी हटाइएको थियो ।

सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् । प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरको अवस्थामा छ ।

यही अन्यौलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने हुने कार्यसूची छैन ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ः३० बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?