एमसीसी विवाद : देउवा र ओलीबीच दुई घण्टा बालकोटमा वार्ता

लोकपथ
581
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै दुई घण्टा वार्ता भएको छ । ओली निवास बालकोटमा राति ८ बजेर ५० मिनेटमा बालकोट पुगेका देउवा राति सवा १० बजे बालुवाटार फर्किएका हुन् ।

यसक्रममा देउवा र ओलीबीच दुई चरणमा छलफल भएको थियो । पहिलो चरणमा छलफल सकेर बालुवाटार फर्किन लागेका देउवाले फेरि फर्किएर ओलीसँग छलफल गरेका थिए ।

छलफल एमसीसीको विषयमा केन्द्रीत रहेको बताइएपछि देउवा र ओलीको तर्फबाट कसैले पनि प्रतिक्रिया दिन मानेका छैनन् ।
सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओलीको सहयोग माग्दै बालकोट पुगेका हुन् । देउवाले शुक्रबारको संसद बैठकमै एमसीसी टेबल गर्ने गठबन्धनको बैठकमा बताएका थिए । यसैबीच संसदको शुक्रबारको बैठकको सभवित कार्यसूची तय भएको छ । जसमा देउवाले आदिवासी जनजातीसम्बन्धी प्रतिवेदन पेश गर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?