काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाली र पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि जनरल ह्यातले आज सिंहदरबारमा शिष्टाचार भेट गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया