निष्कर्षबिनै सकियो सत्तारुढ गठबन्धनको बैठक

लोकपथ
329
Shares

काठमाडौं । एमसीसीबारे निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको लामो बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठक पुन: भोलि ९ बजे बस्ने गरि सकिएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । गठबन्धनको बैठकले एमसीसीबारे निर्णय लिने बताइएको भए पनि बीना निष्कर्ष सकिएको हो ।

बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल
जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?