१. एमसीसी संसदबाटै अनुमोदन गर्ने बिषयमा बालुवाटरमा छलफल । प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार दलका प्रमुखलाई सहमती गराउने प्रयासमा ।
२. शुक्रबार संसदमा एमसीसी टेबल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, अब संसदले नै एमसीसी टुंगो लगाउने प्रतिक्रिया
३. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, योगेश भट्टराईसहित ३ जनाविरुद्ध अख्तियारमा उजुरी, आर्थिक अनियमितता गरेको आरोप
४. पार्टीको नेतृत्वले अहिले खुट्टा कमाउन नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्ने धारणा
५. प्रधानमन्त्री देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच भेटवार्ता, एमसीसी टेबल गर्ने विषयमा छलफल
६. २ हजार ३ सय विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने शिक्षा मन्त्रालयको तयारी, ३ वर्षभित्रै सबै विद्यालयमा सो ल्याब स्थापना भइसक्ने शिक्षामन्त्री देवेन्द्र पौडेलको दाबी
७. क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइको विमान थाइल्याण्डबाट नेपाल आइपुग्यो, भोलिदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने
८. मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट युवा संघको काठमाडौंमा प्रदर्शन, सरकारमा रहेका मन्त्रीहरूको कार्यशैलीको चर्को आलोचना
९. अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ प्रधानमन्त्री देउवाद्वारा विमोचन, पुस्तकमा नेपाली कांग्रेसमा सक्रिय रहेका पुराना नेताहरूको योगदान समेटिएको नेता केसीको भनाइ
१०. धरानमा झोलामा फालिएको अवस्थामा मानिसको टाउको र खुट्टा फेला, प्रहरीको तालिमप्राप्त कुकुर र फरेन्सिक टोलीले अनुसन्धान गर्दै
११. नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ९ सय ९३ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु
१२. साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्बमा खुम्चियो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता
१३. युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट भएको अमेरिकाको भनाइ, थप ७ हजार रुसी सेना सीमामा थपिएको अमेरिकाको दाबी
१४. सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ क्लबको शानदार जित, मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले पराजित
१५. र, पेरिसले सन् २०२४ मा नयाँ मोडेलको ओलम्पिक आयोजना गर्ने, पेरिसको सांस्कृतिक र ऐतिहासिक स्थलहरूमा आयोजना हुने खेलहरू सर्वसाधारणका लागि खुला रहने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया