वानेश्वरमा मारिएका गौचनलाई सरकारले सहिद घोषणा गर्ने

हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् । गत सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा गोली हानि हत्या गरिएका गौचनको शव यात्रामा सहभागी हुन विहिबार अनामनगरस्थित महासंघको केन्द्रिय कार्यालय पुगेका मन्त्री शर्माले गौचनलाई सहिद घोषणा गर्ने पुनः प्रतिवद्धता जनाएका हुन् ।सरकारले बुधबार अपरान्ह सहिद घोषणा गर्नेलगायतका प्रतिवद्धता जनाएपछि अध्यक्ष गौचनको शव महासंघले बुझेको हो । गृहमन्त्री शर्माले व्यवसायीहरुको सुरक्षामा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता पनि जनाएका छन् । ‘जनशक्ति, प्रविधि र जनतासँगको सम्बन्ध बलियो बनाएर सुरक्षित काठमाडौं बनाउने अभियान संचालनमा ल्याइएको छ, जनशक्तिकै अभावमा काठमाडौंको सुरक्षा व्यवस्था बलियो हुन नसकेको हो ।’मन्त्री शर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?