बालुवाटारमा गठबन्धनको बैठक सुरु, जुट्ला त सहमति ?

लोकपथ
294
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ । साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ–आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ ।

एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा नबस्ने बताउँदै आएको छ ।

यसअघि, सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बैठकले निर्क्याेल गर्ने नेताहरूले बताएका थिए ।

गठबन्धनआबद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा यथास्थितिमा एमसीसी पारित गर्ने पखंमा रहेका छन् भने यथास्थितिमै एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?