कोरोना : १६ हजारमा आइपुगे सक्रिय संक्रमित, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
217
Shares

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा कमि आएको छ ।

हाल नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ६१ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर ९ हजार ७ सय ८९ जनाको परीक्षण गर्दा ३ सय ६४ जनाको पीसीआर र २०६ जनाको एन्टीजेन पुष्टि भएको हो ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि भइरहेको छ । सोही क्रममा पछिल्लो तथ्यांक अनुसार थप १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४६ हजार ३ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालृयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?