राष्ट्रिय एचआईभी रणनीतिक योजना सर्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताइन् । उनले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धि सेवामा समावेशी , समतामूलक तथा पहँुच योग्य बनाउन सहयोग पुग्ने बताइन् । राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सार्वजनिकसँग आजदेखि कार्यान्वयनमा पनि आएको उनले बताइन् ।

उनले भनिन्,‘नेपालबाट सन् २०३०सम्ममा एड्स एकेभेमिक अन्त्य गर्ने रणनीतिक योजनाले लक्ष्य लिएको छ । यो योजनाले सम्पूर्ण सेवामा समावेशी , समतामूलक तथा पहँुच योग्य बनाइ सो को निरन्तरता कायम गर्ने मिसन राखेकेको छ । राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिकको साथै आजदेखि कार्यान्वयनमा आएको छ । हामीलाई एउटा चुनौती पनि थपिएको छ । जुन रुपमा दस्तावेज बनेको छ । त्यही अनुसार हामीले राखेका कार्ययोजनाहरुलाई सम्पादन गर्न सके मात्र रणनीतिक योजनाको लक्ष्यहरु पूरा गर्न सम्भव हुन्छ। यो योजनाको लक्ष्य पूरा गर्न मन्त्रालयबाट मात्रै नकिने भएकाले दातृ निकायको निरन्तर आवश्यकता हुन्छ । बजेटले मात्रै हामीलाई सहज वातावरण सृजना नहुने भएकाले सहयोगको आवश्यकता पर्छ । यो रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने ,एचआईभी संक्रमण र अन्य रोगसँगको असमानता छ त्यसमा केही न्युनिकरण ल्याउने लक्ष्य लिएका छौँ । यसको कार्यान्वयनबाट नेपालमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह हुने विस्वास लिएको छु ।’

सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताइन् । उनले रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने ,एचआईभी संक्रमण न्युनिकरण ल्याउने लक्ष्य लिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?