माधवकुमारसँग भेटेपछि प्रचण्डले भने- ‘गठबन्धनको भविष्य ५ बजे तय हुन्छ’

लोकपथ
1.7k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बिहीबार बेलुकी ५ बजे बस्ने बैठकले निर्क्याेल गर्ने नेताहरूले बताएका छन् ।

गठबन्धनआबद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् ।

माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निर्क्याेल हुने बताएका हुन् ।

‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने ।

आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?