माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धक पदमा बढुवा

लोकपथ
208
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक(एजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव सँगालिसकेका छन् र माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहुबैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।

त्यस्तै उप महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सँगालेका छन् । अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्राञ्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?