प्रचण्ड, नेपाल र जसपा नेता श्रेष्ठबीच छलफल

लोकपथ
98
Shares

काठमाडौं । सत्तारुढ दलका नेताहरु छलफलमा जुटेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेका बेला नेताहरु छुट्टै छलफलमा जुटेका हुन् ।

सरकारले बुधबार संसदमा एमसीसी टेबल गर्न लागेको थियो । यद्यपी सत्तपक्षकै दलहरुको सहमती नभएपछि कार्यसूचीबाट एमसीसी हटाइएको थियो । भने आजका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको हो ।

साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?