काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताएका हुन् । उनले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताए । प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताए । उनले एमसीसी राष्ट्रको हितमा रहेको दाबी समेत गरे । उनले भने– ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन । तर राष्ट्रको हितमा छ भन्नेकुरा सत्य कुरा हो यो । हामीले भन्नुपर्छ यो, सत्य हो ।’
प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताए । पार्टीले राम्रो राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने ईष्र्याका कारण पार्टीको प्रचार नगर्ने गरिएको उनले बतारे । प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने– ‘पार्टीको प्रचार हामीले कम गरेका छौँ । हामीले गरेका कामहरुको प्रचार कम गरेका छौँ । प्रचार भएपछि जस अरुलाई जान्छ भन्ने हामीलाई ईष्र्या छ । पार्टीले ग-यो भन्ने नाम किन भन्नुप¥यो ? पार्टीले ग¥यो भनेर देशभरी भन्न सकिन्छ । पार्टीको प्रचार पुगेको छैन । पार्टीले गरेका राम्रा कुराहरु पुगेका पनि छैनन् । पार्टीले राम्रो कामहरु गरेको छ ।’
प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया