महामन्त्री थापा भन्छन्- ‘कांग्रेसको नेतृत्वले अहिले खुट्टा कमाउनु हुँदैन’

लोकपथ
644
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता अर्नुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ (सिद्धान्त तथा नीतिको परिचयसहित) पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने– ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यि सबैकुरालाई बिर्सेर भएपनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्नेकुरा सँग होइन । आफुलाई जे कुरामा विश्वास लागेको छ, त्यो विश्वासका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्यका निम्ति यि सबै कुराहरुमा नेपाली कांग्रेस पार्टी अरुजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोलि फेरी राख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन ।’

त्यस्तै महामन्त्री थापाले नेपाली कांग्रेसले कुनैपनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?