धरानमा जेब्रा झोलामा मानिसको टाउको फेला : प्रहरीको कुकुर र फरेन्सिक टोलीले अनुसन्धान गर्दै

लोकपथ
154
Shares

काठमाडौं । सुनसरीको धरान–भेडेटार सडकखण्डमा जेब्रा झोलामा मानिसको शरिरको अंग भेटिएको छ ।

हिजो साँझ नै घुडाभन्दा माथि काटिएको अवस्थामा खुट्टा र टाउको जेब्रा झोलामा पोको पारी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले लोकपथलाई जानकारी दिए ।

‘जेब्रा झोलामा शव सडकभन्दा १५–२० मिटर तल भेटिएको छ । शरीरको अन्य भागहरु पनि भेटिन सक्ने भएकाले हामीले अनुसन्धान र खोजीकार्य गरिरहेका छौँ’, एसपी थापाले भने ।

आज बिहानै पनि भेडेटारनजिकै सडकभन्दा तल शंकास्पद झोला भेटिएको भन्ने खबर आएपछि जिल्ला प्रहरी सुनसरीको टोली शंकास्पद झोला भएको स्थानमा पुगी अनुसन्दान गरिरहेको उनले बताए ।

‘दुवै शव एउटै मानिसको हो या होइन भन्न सक्ने अवस्था अहिल्यै नै छैन, अनुसन्धानपछि मात्रै भन्न सक्छौँ’, उनले भने ।

हाल घटनास्थलमा नेपाल प्रहरीको तालिमप्राप्त कुकुर र फरेन्सिगको टोलीले अनुसन्धान गरिरहेका छन् । शव पुरुषको भएको खुलेको छ । जंगलमा दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?