काठमाडौं । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको छ ।
सोमबार काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।
डा. देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पीडित थिए । लामो समय बेलायतमा उपचार गरेर गत वैशाखमा नेपाल फर्किएका उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा सोमबार निधन भएको हो ।
मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा देवकोटाको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
उनको आर्यघाटमा विद्युतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ ।
डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया