आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
0
Shares

१. आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन सकेन, थारु आयोगको प्रतिवेदन प्रस्तुत, अर्को बैठक फागुन ६ गते बस्ने

२. एमसीसीको विरुद्धमा काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र असुग्र्यास प्रहार, ९२ जना पक्राउ

३. फागुन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव टेबुल हुने कानुनमन्त्री बडुको दाबी, भोलि गठबन्धनका दलहरूबीच एमसीसीबारे सहमति जुटाइने

४. जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भएको नेकपा एकीकृत समाजवादी का नेता झलनाथ खनालको आरोप, एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत रहेको टिप्पणी

५. कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङको आरोप, एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने दाबी

६. बलात्कारको आरोप लागेका जुम्लाका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी, बानियाँको खोजी गर्दै बाँके प्रहरी

७. एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २० गतेसम्म मनोनयन दर्ता, चैत ७ र ८ गते मतदान हुने

८. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी शुक्रबार क्यालिब्रेसन फ्लाइट हुने, एरो थाईको विमानले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने

९. पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ७ सय ५६ परीक्षणमा थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६ सय जना संक्रमणमुक्त, ३ जनाको मृत्यु

१०. नेपाल राष्ट्र बैंक ‘डिजिटल करेन्सी’ ल्याउने तयारीमा जुट्यो, समिति गठन गरेर प्रारम्भिक चरणको अध्ययन सुरु

११. सेयर बजारमा १९ दशमलव ८४ अंकको गिरावट, कारोबार रकम पनि ३ अर्ब रुपैयाँमा खुम्चियो, १ सय ५४ कम्पनीको सेयर मूल्य घट्यो

१२. देशभरका बैंक र रक्षा क्षेत्रमा रुसले साइबर हमला गरेको युक्रेनको आरोप, रुसी कदमको प्रतिकार गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतवानी

१३. प्रदूषणबाट हरेक वर्ष ९० लाख मानिसहरुको मृत्यु भएको राष्ट्रसंघको प्रतिवेदन, विषाक्त रसायनहरु नियन्त्रण गर्न विश्व समुदायलाई आह्वान

१४. दुई खेल अगाबै मछिन्द्र फुटबल क्लबले चुम्यो सहिद स्मारक ुएु डिभिजन लिग फुटबलको उपाधि, सातदोबाटो युथ क्लब १(० गोल अन्तरले पराजित

१५. र,च्याम्पेन्स लिग फुटबल अन्र्गतको राउन्ड १६ खेलमा आज लिभरपुर र इन्टर मिलान भिड्दै, घरेलु मैदानको फाईदा उठाउदै जितको खेजिमा इन्टर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?